दफा ५२
फरार रहेको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था
(१) सङ्ग·ठित अपराध गर्ने कुनै व्यक्ति पक्राउ हुन नसकेको वा फरार रहेकोमा त्यस्तो व्यक्तिको नाममा पक्राउ पूर्जी जारी भएको तीस दिनको भोलिपल्ट देखि निज अदालतमा उपस्थित नभएसम्म देहायका कुरामा देहाय बमोजिम हुनेछ :
(क) त्यस्तो व्यक्ति नेपाल सरकार, संवैधानिक निकाय वा कुनै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था, स्थानीय निकाय, शैक्षिक वा प्राज्ञिक संस्था वा अन्य कुनै सार्वजनिक संस्थाको बहालवाला पदाधिकारी वा कर्मचारी भए निज आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ,
(ख) त्यस्तो व्यक्तिको नाममा रहेको सम्पत्ति रोक्का राखिनेछ,
(ग) त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम नागरिकताको प्रमाणपत्र, राहदानी वा जग्गाधनी प्रमाणपूर्जा आदि प्राप्त गर्नबाट रोक लगाइएको मानिनेछ,
(घ) त्यस्तो व्यक्ति नेपाल बाहिर रहे बसेको जानकारी प्राप्त हुन आएमा वा नेपाल सरकार पक्ष रहेको सन्धि वा प्रचलित कानून बमोजिम सपुर्दगी गर्न सकिने अवस्था रहेछ भने
सो सम्बन्धी कारबाही र त्यस्तो अवस्था नभएमा कसूरको गम्भीरता हेरी निजलाई पक्राउ गर्न कूटनीतिक माध्यम मार्फत सम्बन्धित मुलुक वा सम्बद्ध अन्तर्राष्ट्रिय संस्थालाई
अनुरोध गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्थालाई प्रभावकारी बनाउन अदालतले सम्बन्धित अधिकारी वा निकायलाई सोको सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त भएमा सम्बन्धित अधिकारी वा निकायले सोही बमोजिम गरी सोको जानकारी अदालतलाई दिनु पर्नेछ ।